काठमाडौं : माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले गायक प्रकाश सपुतले शुक्रवार सार्वजनिक गरेको पीर म्युजिक भिडियो हटाउन चेतावनी दिएकी छिन्। शनिवार सामाजिक सञ्जाल फेसबुकमा सपुतको गीतबारे धारणा सार्वजनिक गर्दै सिंहले माफी माग्दै तुरुन्त युट्युबबाट हटाउन माग गरेकी हुन्।
‘तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्बबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु,’ सिंहले लेखेकी छिन्। सपुतले म्युजिक भिडियोमा १० वर्षे माओवादी युद्धले पारेको प्रभावको प्रतिनिधिमुलक कथा उतारेका छन्। सोही गीतको भिडियोमाथि माओवादी नेता कार्यकर्ताले रोष प्रकट गरिरहेका छन्।
पंच संघको स्टाटस जस्तको त्यस्तै:
महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुकाे जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताकाे ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ । सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताकाे ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन् ।ब्यवस्थापनमा केही नभएको भन्ने पनि हाेेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएकाे भन्ने सन्देश दिने गरि प्रकाश सपूत जि ले युटुवमा अपलाेड गरिएको पिर नामक भिडियाे आपत्तिजनक र निन्दनीय छ । जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेकाे राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागीता सुनिश्चित भएकाे कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हाे । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भाेगेकाे जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयाे ।तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएकाे तपाईंको पिर नामक भिडियाे सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।।