काठमाडौं । नेकपा माओवादी केन्द्रका संघीय सांसद सुदन किरातीले गायक प्रकाश सपुतको सार्वजनिक भएको नयाँ गीत ‘पिर’माथि प्रश्न गरेका छन् ।गायक सपुतले केही दिनअघि युट्युबमा सार्वजनिक गरेको गीतमा माओवादी द्वन्द्वको लक्ष्य प्राप्ति र त्यसले निम्त्याएको भयवहबारे चित्रण गरिएको छ ।
त्यहीँ गीत हेरेर सांसद किरातीले सपुतलाई देशमा अझैँ निरंकुश राजतन्त्र भए संगीत क्षेत्रमा रचनात्मक रुपमा खेल्न पाउनुहुन्थ्यो भन्दै प्रश्न गरेका छन् । यस्तै, सांसद किरातीले राजतन्त्र भइदिएको भए दलित जातिमाथि लादिएको विभेद पनि हट्थ्यो भन्दै पनि प्रश्न गरेका छन् ।सांसद किरातीले फेसबुकमा लेखेका छन्, ‘प्रकाश सपूत जी ! यसको मतलब जनयुद्धबाट प्राप्त उपलब्धी गलत थियो ? जनयुद्धमा सहभागी भएका महिलाहरु तपाईले भने जस्तै देह व्यापार गरी रहेका छन् ? संगीत क्षेत्रमा तपाईले खेल्नु भएको रचनात्मक भुमिका देशमा निरङकुस राजतन्त्र रहेको भए त्यसरिनै खेल्न पाउनु हुन्थ्यो त ? तपाई जेल जानु पर्दैन थियो ? तपाईको समुदाय माथी लादिएको बिभेद हटेकोमा तपाई बेखुशी हो ? यो व्यबस्था उल्टियो भने तपाईको जातीलाई नै सबैभन्दा ठुलो क्षति पुग्छ होइन र ? त्यसो भए ति महिला योद्धाहरुलाई तपाईको रचनामार्फत सम्मान पो गर्नु पर्थ्यो होइन र ?’
सांसद राईले भिडियोमार्फत माओवादी द्वन्द्वले केही उपलब्धि ल्याएन भन्नेमा प्रश्न उठाएका छन् । सृजना गरिएको गीतमा जनयुद्धमा सहभागी भएका महिलाहरु देह व्यापार लागेको भन्नेमा उनले आपत्ति जनाएका छन् ।उनले लेखेको छन्, ‘जेल ब्रेक गरेर उमा भुजेलहरु, दौडिएर बिश्व कृतिमान कायम गर्ने मिरा राईहरु, कलिलो उमेरमा देशको सभामुख बन्न सफल ओनसरि घर्ति मगरहरु कहाँ बाट जन्मिएको होला ? उहाँहरु प्रति तपाईको सृजना किन मौन छ ?’