• Tue. Dec 5th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मधेशमा आक्रामक बन्दै, आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्तफा एमाले प्रवेश

ByAgrim Post

Mar 12, 2022

बारा । बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिबार जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

बाराको जयनगर (चिउँटाहा) मा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् ।मुस्तफालाई एमालेमा प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली आफैं बारा पुगेका छन् । अध्यक्ष ओलीसँगै मधेश इन्चार्ज रघुवीर महासेठ,प्रभु साह,ज्वालाकुमारी साह लगायतका नेताहरु बारा पुगेका थिए ।नवप्रवेशीहरुलाई अबिर माला लगाएर एमालेमा स्वागत गरिएको थिष्यो । मुस्तफाले जसपा लगायत मधेशवादी पार्टीले मधेशी जनतालाई झुक्याएको र एमालेलाई मधेशविरोधी भनिए पनि मधेशको विकासमा केपी ओलीकै पालामा ठूला काम भएको भन्दै आफू एमाले प्रवेश गरेको बताए ।

ओलीले अब मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको भन्दै अहिलेका प्रवेशहरु ट्रेलरमात्र भएको बताए ।मधेशका जिल्ला सदरमुकामको सडक बिस्तारदेखि ठूला पुर्वाधारको सुरुवात आफूले गरेको ओलीले बताए ।पार्टी प्रवेशमा कलैया नगरपालिकाका वडाध्यक्षहरु समेत समेटिएका जिल्ला अध्यक्ष विनोद साहले बताए ।

पछिल्लो समय एमाले अध्यक्ष ओलीले मधेश मिसन नै चलाएका छन् । विभिन्न जिल्लाबाट प्रभावशाली नेता तथा जनप्रतिनिधिहरुलाई एमाले प्रवेश गराउने क्रम तीब्र भएको छ ।शनिवारमात्रै उनले वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्ष प्रवेश गराएर बारा पुगेका हन् । पर्सामा मात्रै यसबीचमा दुई स्थानीय तहका प्रमुखसहित धेरै प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् । Nepalpress

Leave a Reply

Your email address will not be published. Required fields are marked *