• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मितेरी पुल निर्माणमा काम गर्ने एक जना भारतीय नागरिक कर्णाली नदीमा बेपत्ता

ByDeayam

Mar 12, 2022

दैलेखको राकममा रहेकाे मितेरी पुल निर्माणमा काम गर्ने एक जना भारतीय नागरिक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

भारतको पश्चिम बङ्गालका १८ वर्षीय रविन्द्र मण्डल आज दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताउनुभयो ।

राकमको तारबजार नजिक कर्णाली नदीमा शनिवार दिउँसो पौडी खेल्ने क्रममा मण्डल बेपत्ता भएका र खोजी कार्य जारी रहेको तर अहिलेसम्म पत्ता नलागेको उहाँकाे भनाइ छ ।

मण्डल दैलेखको कर्णाली प्रदेशको आठबीस नगरपालिका र सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका जोड्ने मितेरी पुल निर्माणमा ६ महिनादेखि काम गर्दै आएका थिए । मण्डल सामान्य पौडी खेल्न सक्ने भए पनि नदीको मूल प्रवाहमा पौडीको अभ्यास गर्दा डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *