• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

विश्वकै ख तरनाक स्नाइपर क्यानडाबाट युक्रेन जाँदै, रुसी सेनाविरुद्ध यु द्धमा उत्रने

ByDeayam

Mar 12, 2022

मलिनले एक सार्वभौम देशमा विना कारण आक्रमण थालेको भन्दै पश्चिमा राष्ट्रहरुले रुसमाथि कडा आर्थिक प्रतिबन्धहरु लगाएका छन्।रुसी सेनाहरु युक्रेनका विभिन्न स्थानमा घुसिसकेका छन्। यस्तोमा रुसले भाडाका सेनाहरु ल्याएको समाचार आएका छन्।

युक्रेनले पनि एक क्यानडाका स्नाइपरलाई आफ्नो देशको तर्फबाट रुसी सेनाविरुद्ध लड्न आवद्ध गराएको वासिङ्टन पोस्टले जनाएको छ।

यी क्यानडेली स्नाइपर विश्वकै खतरनाक स्नाइपर भएको जनाइएको छ। स्नाइपर त्यस्ता लडाकु हुन् जसले लामो दुरीका दुश्मनलाई मार्न सक्छन्। उनीहरु स्नाइपर बन्दुकको प्रयोग गर्दछन्।पूर्व एलाइट रोयल २२ई रेजिमेन्टका उनले अफगानिस्तानमा आईएसविरुद्ध लडाइ गरेका थिए। उनले साढे ३ किलोमिटर परको दुश्मन मारेको जनाइएको छ।

खतरनाक स्नाइपर उनलाई वाली भनेर चिनिन्छ। उनी युक्रेनी सेनामा आवद्ध हुने भएपछि रुसलाई युक्रेनविरुद्धको लडाइँमा गाह्रो पर्ने अनुमान गरिएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना देशका नागरिक साथै विदेशी नागरिकलाई पनि युक्रेनी सेनामा भर्ती हुन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *