• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

हेर्नुहोस् आजको राशिफल

ByDeayam

Mar 12, 2022

मेष राशि : चु चे चो ला लि लु ले लो अ

तपाईको आजको दिन शुभ रहनेछ | हरेक किसिमका बाधाव्यवधानलाई सजिलैसँग सामना गर्नसक्ने क्षमता प्राप्त हुनेछ |शनिदेवको प्रार्थना सवल र सक्षम बनाउने अस्त्र बन्न सक्नेछ| पूर्व दिशाको यात्रा तपाईंका लागि अर्थपूर्ण देखिनेछ |

बृष राशि : ई ,ऊ ए ओ बा बि बु बे बो

मान ,इज्जत प्राप्त गर्ने अवसर जुर्ने छ |आफुलाई सभ्य रूपमा सबै माझ प्रस्तुत गर्नु हुने छ | हजुरको सबैले प्रशंशा गर्ने छन् | हनुमान चालिसा पाठ उत्तम बन्ने सहयोगी साधन बन्ने छ |

मिथुन राशि का की कु घ ङ छ के को हा

सम्पूर्ण दिन ऊल्लासमय बन्ने देखिन्छ | सबै जनाको प्रिय हुनु हुने छ | विद्यार्थी वर्गको पनि अध्ययन कार्यमा मन जाने देखिन्छ |

कर्कट राशि :हि हु हे हो डा डी डु डे डो

आज तपाईंको दिन त्यति राम्रो देखिँदैन | सानो सानो कुरामा पनि बाबा व्यवधानहरु आइलाग्छन् | आफ्नो व्यवहारलाई सम्यमित राख्नु धेरै अर्थपूर्ण देखिन्छ | हनुमान चालिसाको वा शनि स्तोत्र पठन गर्नाले केहि सहजता आउने देखिन्छ |

सिंह राशि मा मि मु मे मो टा टि टु टे

मानसिक पिरले सताउने अवस्था छ| शनिको नकरात्मक प्रभावले अप्रिय समाचार सुन्नु पर्ने हुन्छ रातो अनि सेतो वस्त्रको धारण यहाँका लागि दुख निवारणको माध्यम बन्न सक्छ | संकटाको दर्शन बढी फलदायी रहने छ |

कन्या राशि टो पा पी पू ष ड ठ पे पो

आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | सबैले हजुरको खुलेर प्रशंशा गर्ने योग छ | पारिवारिक सामाजिक भेटघाट हुने योग छ | पूर्व दिशा उपयुक्त हुन सक्छ |

तुला राशि रा री रू रे रो ता ति तु ते

तुला राशि हुने तपाईको आजको दिन सफल छ | लामो समय बन्न नसकेका काम बन्ने देखिन्छ | हनुमानको प्रार्थना यहाका लागि राम्रो गुने छ |

वृश्चिक राशि तो ना नि नु ने नो या यी यू

तपाइको आजको दिन अत्यन्त शुभ रहनेछ | आफूलाई घरपरिवार र समाजमा स्थापित गराउने समय रहनेछ | सबैले तपाईंको खुलेर प्रशंसा गर्छन् | आध्यात्मिक विषयप्रति रुचि बढेर जाने देखिन्छ | सन्तान बाट पनि खुसी प्राप्त हुने देखिन्छ | नया कामको अवसर आउने छ |

धनु राशि ये यो भा भी भू ध फा ढा भे

आज तपाईंको दिन मिश्रित अवस्थाको छ | यात्रा गर्दा अन्य सावधानी अपनाउनुहोला | यात्रामा लाग्दा हनुमानको स्मरण गरेमा दुर्घटनाबाट बच्न सकिन्छ | सबैको प्रिय बन्न सकिन्छ |

मकर राशि भो जा जी खि खु खे खो गा गी

मकर राशि हुने तपाइको आजको दिन अत्युत्तम रहेको छ | सर्वपक्षीय प्रगतिको योग छ | आफ्नो खुवी थाहा हुदा मन प्रफुल्ल हुने छ |

कुम्भ राशि गु गे गो सा सी सु से सो दा

आजको दिन तपाईंको सबै सामु घुलमिल र यात्राको समय हो || जमघट र खुसियालीमा दिन व्यतीत हुने देखिन्छ | तपाइको बोली र व्यबहार बिक्ने छ |पूर्व दिशा सेतो रङको वस्त्र धारणले तपाईंको दिन प्रभावकारी बनाउन सहयोग गर्छ |

मीन राशि दि दू थ झ ञ दे दो

तपाईको आजको दिन मध्यम रहने छ | शुभ समाचारले मन आनन्दित हुनेछ | पूर्व दिशाको यात्रा राम्रो रहने छ | यात्रामा बच्नु पर्ने देखिन्छ | हनुमानको भक्त बनेमा काम सफल हुने देखिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *