• Wed. Nov 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

६९ वर्ष पुगे सविधानसभा अध्यक्ष सुवास नेम्वाङ

ByDeayam

Mar 12, 2022

सविधानसभा अध्यक्ष तथा एमाले संसदीय दलका नेता सुवास नेम्वाङ आजबाट ६९ वर्ष पुगेका छन् ।

उनी सन १९५३ मार्च ११ मा इलामको सुन्तलाबारीमा जन्मिएका थिए । एमालेको प्रभावसाली नेतासमेत रहेका उनी हाल एमाले उपाध्यक्ष रहेका छन् ।

२ पटक प्रतिनिधिसभाको सभामुख भएको नेम्वाङले कानुनमा बीएल गरेका छन् । त्यस्तैगरी २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालि सकेका छन् ।

एमालेमा हक्की र स्पष्ट वक्ताको रुपमा चिनिने नेता नेम्वाङ २०५६ को संसदीय निर्वाचनमा विजयी चएमन थिए ।

त्यो बेला उनले तत्कालीन सरकारको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।

उनले संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत रहिसक्नुभएको छ। पहिल्यै देनि आर्थिक रुपमा सम्पन्न नेम्वाङका बुबा लिम्बू समुदायकै पहिलो न्यायधीश हुन् ।

कानुन व्यवसायीका रूपमा परिचित नेम्वाङले नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका थिए । उनले विद्यार्थी कालमै राजनीति थालेका थिए । उनी २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *