• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने प्रचण्डको चेतावनी

Bydeep

Mar 13, 2022

काठमाडौं, २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको व्याख्यात्मक घोषणासहित कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो चेतावनी दिएका हुन् ।

‘व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयनमा जानुपर्छ,’ प्रचण्डले भने,‘नत्र फेरि आन्दोलनमा जाने अवस्था हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् ।’ व्याख्यात्मक घोषणा एमसीसीकै अंगका रुपमा रहेको जिकिर गर्दै त्यस्लाई मिनिमाइज गर्न खोजिए त्यसविरुद्ध आन्दोलनमा जान वाध्य हुने बताए ।

एमसीसीमो विषयमा पार्टीभित्र विवाद रहेकोबारे सोधिएको प्रश्नमा उनले स्थानीय निकायको चुनावपछि मात्र यसबारे छलफलमा जाने सहमति बनेको बताए । उनले भने,‘सिंगो पार्टी एकमत भएर चुनावमा जाने कुरा भइसकेको छ ।’ चुनाव आफ्नै शक्तिले जित्ने भन्दै राजनीतिक लेनदेनका आधारमा तालमेल पनि हुनसक्ने बताए । उनले सत्ता गठबन्धनकै दलहरुबीच गठबन्धन हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *