• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

ओलीको टिप्पणी: देउवाको आँगनमा माछा परेको छ

ByDeayam

Mar 13, 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको आँगनमा माछा परेको टिप्पणी गरेका छन्।

आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले देउवाको आगनमा पानी नपरेको बेलामा माछा परेको टिप्पणी गरेका हुन्।

प्रतिनिधि सभामा कम सिट भए पनि गठबन्धनका कारण देउवाले प्रधानमन्त्री पद पाएको तर्फ लक्षित गर्दै ओलीले समुन्द्र र पोखरी छेउवा नभए पनि देउवाको आगनमा माछो परेको टिप्पणि गरेका हुन् ।

‘देउवाजीको आँगनमा माछो परो बादल लागेको बेलामा। न समुद्र न पोखरी, न खोला माछा पर्छ कहिले काँही तपाईंहरुले देख्नु भएको छ कि छैन मैले देखेको छ’ उनले भने, ‘त्यही भएर उहाँलाई केही चिन्ता छैन। माछो ल्याएर घैलामा राख्नु भएको छ।’

अदालतको परमादेशका कारण आफू सत्ताबाट हट्नु परेको बताउँदै आएको ओलीले भने, ‘परमादेशबाट पारिदिएको माछाको चिन्ता छ त्यसकारण उहाँलाई देशको चिन्ता छैन।’ त्यही भएर देउवाले देशको अर्थतन्त्रमा ध्यान नदिएको उनको आरोप थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *