• Tue. Nov 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

तनहुँ ऐनापहरा दुर्घटना: मृतक तीनै जनाको पहिचान खुल्यो

ByDeayam

Mar 13, 2022

तनहुँको ऐनापहरा सडक दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा टाटासुमो चालक जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का ३६ बर्षीय ओमप्रकाश गुरुङ र ४५ बर्षीय लक्ष्मीकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए।

७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको यसअगाडी नै पहिचान खुलेको थियो । तिनै जनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको उनले बताए।

आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस र टाटासुमो एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो।

चितवनबाट पोखरातर्फ आउदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए।

टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो। टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन्।

तिमध्य टाटासुमोमा सवार नौ जना घाईतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीन जनाको भएको छ।

बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ। उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *