• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेपालका यी ७ नगरपालिका उत्कृष्ट घोषणा

ByDeayam

Mar 13, 2022

नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । २९औं बार्षिक उत्सवको अवसर पारेर आइतबार संघले उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो ।

संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । यस्तै शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ ।

यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *