• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रकाश सपुतको गीतले अपमानित हुनेहरूको आवाज बोकेको छ – प्रदीप पौडेल

Bydeep

Mar 13, 2022

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ को समर्थन गरेका छन् । नेकपा माओवादी केन्द्रका नेताहरूले गीतले जनयुद्ध लडेका महिलाहरूको अपमान गरेको आरोप लगाइरहेका बेला सत्तारुढ कांग्रेस नेता पौडेलले भने समर्थन जनाएका हुन् ।

‘साहित्य–संगीत समाजका प्रतिबिम्ब हुन् । निश्चित समय र शब्द सीमाभित्र बिम्बको प्रयोग गरी प्रतिनिधि घटनालाई देखाउनु यसको विशेषता हो,’ भट्टराईले ट्विट गरेका छन्, ‘प्रकाश सपुतको गीतले कसैको अपमान होइन अपमानित हुनेहरूको आवाज बोकेको छ । हिजो वाक स्वतन्त्रताका लागि लड्यौ भन्नेले आज कसैको मुख बन्द गर्नु लज्जास्पद छ ।’ उनले प्रकाशको गीतले अपमान नभइ अपमानित हुनेहरूको आवाज बोकेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *