• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसद्वारा युक्रेनको मेलिटोपोलमा नयाँ मेयर नियुक्त, किएभ पनि रुसी सेनाको घेराबन्दीमा

ByAgrim Post

Mar 13, 2022

रुसले युक्रेनी सहर मेलिटोपोलमा नयाँ मेयर नियुक्त गरेको छ । मेयर इभान फेडोरोभलाई अपहरण गरेको केही घण्टापछि नयाँ मेयर घोषणा गरेको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनमार्फत मेयरको रुपमा सम्बोधन गर्दै गालिना ड्यानिलचेन्कोले अब आफ्नो मुख्य काम नगर सञ्चालनका लागि नयाँ संयन्त्र तयार गर्नुरहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले आफू नागरिकका प्रतिनिधिहरु सम्मिलित नयाँ संयन्त्र बनाउन लागेको भन्दै चरमपन्थी काममा भाग नलिन आग्रह गर्नुभएको छ । यसैबीच रुसी सेनाले युक्रेनको राजधानी किएभलाई घेराबन्दीमा पारेका छन् । २५ किलोमिटर भन्दा नजिकबाट रुसी सेनाहरुले सानो सानो समूह बनाएर किएभलाई घेरा हालेर आक्रमण गरिरहेका बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट अहिलेसम्म एक हजार तीन सय युक्रेनी सेनाको ज्यान गएको जानकारी दिनुभएको छ । जेलेन्स्कीलेले पत्रकार सम्मेलन गरेर झण्डै ६ सय रुसी सेनाले आत्मसमर्पण गरेका पनि दाबी गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *