• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

संसदमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव पेश

Bydeep

Mar 13, 2022

काठमाडौं । संघीय संसदको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पेश गरिएको छ । आइतबारको बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् ।

महाभियोग प्रस्तावमा प्रधान न्यायाधीश जबराले संविधान र पदीय आचरणविपरीत कार्य गरेको, कार्यक्षमता अभाव भएको, खराव आचरण भएको, इमान्दारितापूर्वक आफ्नो पदीय कर्तब्य पूरा नगरेको र आचार संहिताको गम्भीर उल्लंघन गरेको उल्लेख छ ।

गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्ताव आइतबार संसद बैठकमा पेश गरिएको छ । संसद्मा महाभियोग प्रस्ताव पेश भएपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्तावमाथि आगामी बठकमा छलफल चलाउने छन् । आगामी संसद्को बैठक चैत २ गते बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *