• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

साउदी अरेबियाका विदेश मन्त्री भाेलि नेपाल आउँदै

ByAgrim Post

Mar 13, 2022

काठमाण्डाै – साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आउनुहुने भएकाे छ । विदेश मन्त्री अल साउद भाेलि साेमवार दुई दिने भ्रमणका लागि नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु हुने मन्त्रालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

यस्तै परराष्ट्र मन्त्री डा. नारायण खड्का र उहाँबीच पनि भेट हुनेछ । परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीकाे सम्मानमा दिवाभाेजकाे आयाेजना गर्नुहुने विज्ञप्तिमा जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *