पोखरा- अमेरिकाबाट ल्याइएका साँढे यतिबेला पोखरामा क्वारेन्टिनमा छन् । ती साँढेलाई पोखरा महानगरपालिका–१५, भेडीफारमस्थित फार्ममा क्वारेन्टिनमा राखिएको छ । अमेरिकाबाट फागुन १३ गते सातवटा साँढे हवाइजहाज मार्फत नेपाल ल्याइएका थिए । एउटा काठमाडौंमै राखेर बाँकी साँढेलाई फागुन १५ गते पोखरा ल्याइएको हो ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन ९एनएलएसई० आयोजनाले ती साँढेहरु खरीद गरेको हो । अमेरिकादेखि नेपालमा नेपाल ल्याइएका साँढेमध्ये पोखरामा २ वटा होलिस्टन र ४ वटा जर्सी जातका छन् । एउटा जर्सी साँढे भने काठमाडौंमै राखिएको छ ।
क्वारेन्टिन अवधि पूरा गरेपछि ती साँढेहरू वीर्य उत्पादनका लागि योग्य हुनेछन् । प्रजनन कार्यालयले ती साँढेलाई पोखरामै राखी वीर्य उत्पादन गर्ने र देशैभरि पठाउने योजना बनाएको छ । ‘व्यावसायिक गाईपालन गरिरहेका व्यवसायीको व्यवसाय बढाउन र नश्ल सुधार गर्न साँढे नेपाल ल्याइएका हुन् ।