न्युयोर्क । आफ्नी बि’रामी आमालाई औ’षधि किन्न जाने क्रममा रुसी ट्यांकको ह’मलामा एक युक्रेनी महिलाको मृ’त्यु भएको छ। भ्यालेरिया माक्सेत्स्का नाम गरेकी ती महिला आफ्नी आमा र चालकसँगै राजधानी किभनजिकै मा’रिएका हुन् । उनी अन्तर्राष्ट्रिय विकाससम्बन्धी अमेरिकी सहयोग नियोग यूएसएडमा कार्यरत थिइन्।
भ्यालेरिया सुरुमा रुसीहरूबाट घे’राबन्दीमा परेका वासिन्दाहरूलाई सहयोग गर्न किभमा बस्ने योजना बनाएकी थिइन्। तर, आमालाई औ’षधि अभावपछि त्यहाँबाट अन्यत्र जाने निर्णय गरेका थिइन। एउटा ट्यांकले भ्यालेरिया र उनकी आमा चढेको गाडिमा गो’ली चलाएको थियो । पश्चिम किभको एउटा बाटोमा रुसी सेनाको ब’ख्तरबन्दलाई अगाडि बढ्न बाटो दिइरहेका बेला उनीहरु आ,’क्रमणमा परेका थिए।
यसैबीच रुसी ह’मलाबाट जोगाउन अमेरिकाले २० करोड डलर मूल्य बराबरको साना ह’तियार, एन्टी ट्यांक र एन्टी ए’यरक्राफ्ट ह’तियार सहोग गर्ने भएको छ। युक्रेनी अधिकारीहरूले रुसी सेनाको भारी गो’लाबारीबाट बचाउन थप उपकरणहरू माग गरिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई थप सुरक्षा सहयोगको अधिकार दिएको ह्वाइट हाउसले जनाएको थियो। यस कदमले युक्रेनमा नयाँ सैन्य उपकरणको ‘तत्काल’ ढुवानी सुरु गर्ने एक वरिष्ठ प्रशासन अधिकारीले बताएका छन्। एजेन्सी