• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

जसपाका चार केन्द्रीय सदस्यसहित नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Bydeep

Mar 14, 2022

आइतबार हुम्लामा ठुलो संख्यामा जसपा नेपालका नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सदरमुकाम सिमकोटमा आयोजित कार्यक्रममा जसपा नेपालका एक हजारभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा सामेल भएको जनाइएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीकी अध्यक्ष विमला केसीका अनुसार जसपा नेपालका विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता माओवादी केन्द्रमा सामेल भएका हुन् ।

नवप्रवेशी टोलीलाई कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका थिए । ‘कार्चेन लामालाई प्रदेश मन्त्री बनाएपछि हुम्लामा माओवादीको जनाधार बलियो हुँदै गएको छ,’ नेकपा माओवादी केन्द्रका एक जना स्थानीय नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *