• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

देउवालाई रावलको जवाफ- झुटो बोल्ने प्रधानमन्त्रीको ‘दिमाग खुस्केर’ होस् हराएको हुनुपर्छ

Bydeep

Mar 14, 2022

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिको एमाले नेता भीम रावलले जवाफ दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले ‘उसबेला दिमाग खुस्क्याथ्यो?’ भन्दै प्रश्न गरेका थिए।

सोमबार नुवाकोटमा देउवाले दिएको उक्त अभिव्यक्तिको जवाफ दिँदै रावलले भनेका छन्, ‘तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’

रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसीसी सम्झौता संसदमा ल्याएको बेला नभएको स्पष्ट पारेका छन्। उक्त तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका हुन्।

उनले देउवाले भनेको ‘किन रावललाई मात्र टाउको दुख्छ’को समेत जवाफ दिएका छन्। उनको भनाइ छ, ‘प्रधानमन्त्री देउवाले ‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने प्रश्न गर्नुभएको रहेछ। उत्तर हेर्नुहोस्- नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहीत स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईंको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो।’ उनले थप बहस गर्ने इच्छा भए आफू तयार रहेको बताएका छन्। पदीय मर्यादाका लागि तुच्छ शब्द प्रयोग नगर्न समेत रावलले सुझाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *