• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनी राजधानी किभको ९ तले आवसीय भवनमा रुसी आक्रमण

ByDeayam

Mar 14, 2022

रुसले युक्रेनमा आक्रमण थालेको आज १८ दिन पुग्दैछ। शान्ति वार्ताको लागि प्रयासहरु भइरहेता पनि दुवै देशले एकअर्काको सर्त नमान्दा युद्ध रोकिन सकेको छैन।

यसबीचमा आज सोमबार युक्रेनको राजधानी किभमा रुसी सेनाले हवाई आक्रमण गरेका छन्।

किभको एक ९ तले आवसीय भवनमा आक्रमण हुँदा सो भवनमा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ।

अधिकारीहरुका अनुसार किभको ओबोलोन जिल्लामा रहेको भवनमा आक्रमण हुँदा ७८ जना व्यक्तिको ज्यान जोखिममा परेको थियो।

आगलागी भएको फ्ल्याटबाट १७ सहित अन्य ६३ जनालाई सो भवनबाट उद्धार गरिएको जनाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *