• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रानी नाकामा सई. डिल्ली देवकोटाको प्रवेशपछि तस्करी,चोरी-लुटपाट हुने संख्या ह्वातै घट्यो

ByAgrim Post

Mar 14, 2022

मोरंगको बिराटनगरमा रहेको रानी नाका नेपाल कै ब्यस्त हुने नाका मध्ये एक हो। यस नाकामा चोरी, तस्करी, लुटपाट धेरै मात्रामा हुने गर्दछ। तर अहिले त्यसको संख्या ह्वातै घटेको छ। रानी सिमाना प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा दिनहु ठुला मात्रामा सामान बरामद गरि भन्सार कार्यलयमा बुझाएको भन्सार कार्यालयले जनाएको छ। ६ महिना अघि प्रहरी नायव निरीक्षक डिल्ली देवकोटाको प्रवेश भएपछी र उनको सक्रियता बढेपछी यो सम्भब भएको स्थानीय बताउछन्।

केहिदिन अघि मात्रै हजार किलो भन्दा बढी कात्था पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको छ। फोहोर बोक्ने जस्तो देखिन ठुलो डाला भएको ट्रयाक्टरमा पानमा हाल्ने कात्था गलत बाटो भएर भारत तर्फ जाँदै गर्दा बिओपी रानी बाट खटेको सशस्त्र प्रहरीले सिमा प्रहरी चौकी रानीको सहयोगा नियन्त्रणमा लिई भन्सार दाखिला गरेको हो ।

नेपाल बाट को १ त ६६२० प्राईभेट नम्बर भएको ट्रयाक्टरमा करिब १० लाख बराबरको १ हजार किलो भन्दा बढी २६ कार्टुन कत्था रानी नाकाको बाटो भएर भारत तर्फ लैजादै गरेको बेला स.प्र.बल नेपाल बिओपी रानी प्रमुख प्रभात गौतमले सीमा प्रहरी चौकी रानी प्रमुख दिल्ली देवकोटा सहित दशगजा बाट नियन्त्रणमा लिई भन्सार दाखिला गरेको हो ।

बिराटनगर भएर नेपाल बाट भारत वा भारत बाट नेपाल व्यापारिक प्रयोजन अथवा ठुलो परिमाणको सामान निकासी पैठारी गर्दा एककृत भन्सार जाँच चौकी (आईसीपी) हुँदै जाँच पास भई जानुपर्ने हुन्छ । त्यसो नगरी गलत बाटोको प्रयोग गरेको हुनाले सशस्त्र प्रहरीले सामान नियन्त्रमा लिएको हो ।

ठुलो डाला भएको प्राईभेट नम्बरको त्यस्तो प्रकारको ट्रयाक्टर फोहोरमौला व्यवस्थापनको लागि बढी प्रयोग हुने भएकोले सीमा वरपर सम्म पनि फोहोर संकलन गर्ने पुग्ने गरेका छन् । सोही किसिमको जस्तो देखिने उक्त ट्रयाक्टर भारत तर्फ जान लागेको बेला पक्राउ गरेकाे थियाे । त्यसमा पनि ट्रयाक्टरमा अगाडी इन्जिनमा भएको नम्बर को १ त ६६२० र पछाडीको डालामा भएको नम्बर को १ त ५६११ फरक फरक भेटिएको थियो ।

थप

एकै समयमा अलग अलग ठाउँबाट दुईजना लागु औषध सहित सिमा प्रहरीको नियन्त्रणमा

सिमा प्रहरी चौकी रानी र लागु औषध नियन्त्रण ब्युरोको टोलीले दुई अलग अलग ठाँउ बाट शरिरमा सेट गरेको प्रतिबंधित लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

छठ पुजाको दिन सीमावर्ती एरियामा सुरक्षाकर्मी पातलो अवस्था देखिएको मौकाको फायदा उठाउँदै लागु औषध कारोबारीहरु सक्रियभई लागु औषध ओसार पोसार गर्ने दुईलाई प्रहरिले आज दिउँसो अन्दाजी ३ बजेको समयमा पक्राउ गरेकाे छ । सधै झै आज पनि सीमा प्रहरी चौकी रानी प्रमुख प्रनानि दिल्ली बहादुर देवकोटाले लागु औषध ओसार पोसार र दुव्र्यसनी नियन्त्रण गर्ने अभियानको क्रममा लागु औषध नियन्त्रण ब्युरोको सहयाेगमा संयुक्त रूपमा लागु औषध सहित दुवै जनालाई पक्राउ गरेकाे हाे । पक्राउ परेका धरान उपमहानगर पालिका १३ बस्ने वर्ष १६ को नाबालक प्रदिप लिम्बू को शरिरमा सेतो टेपले बेरेर ल्याउदै गरेको अवस्थामा लागु औषध टिटी लुपिजेसिक ३३ एमपुल, फेनरगन ३३ एमपुल, डाईजिपाम ३३ र एभिल ३३ गरी १ सय ३२ थान बिराटनगर १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट बाट ब्युरोको टोलीले बरामद गरेको थियो । त्यसैगरी बिराटनगर १६ को दक्षिणगेठ बाट धरान उपमहानगर पालिका १ बस्ने वर्ष २२ को रमेश भट्टराईलाई पेन्ट भित्र हालेर ल्याउदै गरेको लागु औषध टिटी लुपिजेसिक १६ एमपुल, फेनरगन ४ एमपुल, डाईजिपाम १६ , एभिल १६ एमपुल र नाईट्रोभेट ट्याब्लेट १० थान पक्राउ गरको थियो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवहीको लागि इलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

सिमा प्रहरी चौकी रानीको प्रनानि देवकोटा सीमामा आएदेखि लागुऔषध ओसार पोसार र दुव्र्यसनीलाई पुरै रोक्न नसकेपनि सके सम्म त्यस्तालाई निरुत्साहित बनाई नियन्त्रण र कारवाहीको लागि अभियान नै सञ्चालन गरेको देवकोटा बताउँछन् । सोही क्रममा सिमा बाट इप्रका पठाइएका २० जना भन्दा बढी लागु औषध ओसार पोसारमा संग्लग्नहरुलाई कार्वाहीको लागि मुद्दा प्रक्रिया अगाडि बढिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *