रुसले युक्रेनमा आक्रमण थालेको आज १८ दिन पुग्दैछ।
यो अवधिमा कम्तिमा १७ लाख युक्रेनी नागरिक पोल्यान्ड शरणार्थीको रुपमा पुगेको पोल्यान्डले जनाएको छ।
पोल्यान्डको पोलिस बोर्डर गार्ड्सकाअनुसार हालसम्म १७ लाख ५० हजारभन्दा बढी युक्रेनी नागरिक पोल्यान्ड आएका छन्।
सो एजेन्सीले जनाएअनुसार आइतबार मात्र ८२ हजार १ सय युक्रेनी नागरिक पोल्यान्ड पुग्दा त्यसअघि शनिबार ७९ हजार ८०० नागरिक त्यहाँ पुगेको थिए।
ती नागरिकहरु केही पोल्यान्डमै बसिरहेका छन् भने केही बाँकी युरोपेली राष्ट्रको शरणमा पुगेका छन्।