• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसबाट भारतले सहुलियतमा तेल किन्ने

ByDeayam

Mar 14, 2022

अमेरिका लगायत पश्चिमा राष्ट्रबाट कडा प्रतिबन्ध झेलेको रुसबाट भारतले सहुलियतमा तेल किन्ने विषयमा छलफल गरिरहेको छ।

भारतीय उच्च अधिकारीलाई उदृत गर्दै रोयटर्सले दिएको जानकारीअनुसार विश्वका दर्जनौं देशले आर्थिक प्रतिबन्ध लगाउँदा रुसी अर्थतन्त्रमा असर पुगेको छ।

आफ्नो अर्थव्यवस्थालाई चलायमान बनाउन रुसले भारतलाई सस्तोमा तेल लगायत अन्य उत्पादन बेच्न लागेको समाचारमा जनाइएको छ।

युक्रेनमा आक्रमण गरेको भन्दै पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाउँदा रुसी उत्पादन बाहिर जान पाएको छैनन्। रुसी बैंक, स्विफ्ट अन्तर्राष्ट्र्रिय भुक्तान प्रणालीमाथि पनि प्रतिबन्ध लागेको छ।

भारतले आफ्नो देशमा आयात गर्नेमध्ये ८० प्रतिशत तेल रुसबाट ल्याउँछ। त्यो भनेको रुसी आपूर्तिको २ देखि ३ प्रतिशत हो।

रुस–युक्रेन द्वन्द्वले विश्व बजारमा तेलको भाउ बढेपछि भारत सरकारले तेल कम प्रयोग गर्न चाहिरहेको छ। यसबीचमा सस्तो मूल्यमा रुसले तेल दिने भएपछि भारत खुशी भएको बताइएको छ।

खबरअनुसार भारत र रुसी सरकारबीच रुपैयाँ–रुबलमा व्यापार गर्ने व्यवस्थाको विषयमा पनि छलफल भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *