• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रेखाको दोस्रो बिहेपछि पूर्वपति छविराजले भने, ‘उहाँको विवाहको खबरले खुशी लाग्यो’

Bydeep

Mar 14, 2022

काठमाडौ । नायिका रेखा थापाका विवाहप्रति उनका पूर्वपति छविराज ओझाले खुशी व्यक्त गरेका छन् । रेखाको विवाहको खबर सुनेलगत्तै आफुलाई खुशी लागेको उनले प्रतिक्रिया दिए ।
छविले भने, ‘मैले भर्खर समाचार हेरेर उहाँको विवाह थाहा पाए । उहाँले आफ्नो जीवन साथी चुन्नु भएछ, म एकदमै खुसी छु ।’ छविले रेखालाई वैवाहिक जीवनको शुभकामना दिँदै बधाई समेत दिएका छन् । उनले भने, ‘मैले भर्खर विवाहको बधाई पनि दिए ।

हामी छुट्टिएको धेरै समय भैसकेको थियो । उहाँ एक्लै हुनुहुन्थ्यो । बल्ल जीवन साथी पाउनुभयो ।’ विवाहपछि रेखाको जीवन अझ सहज हुने छविले विश्वास व्यक्त गरे । आइतबार नायिका थापाले काठमाडौं जिल्ला अदालतमा केही पहिले नै कानुनी रुपमा जाजरकोटका बलराम शाहीसँग बिहे गरेको खबर बाहिर आएको थियो । बलराम अमेरिका निवासी व्यवसायी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *