• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

२७ वर्षअघिको भ्रष्टाचार ब्यूँत्याउँदै अख्तियार, मरिसकेका मान्छेविरुद्ध पनि मुद्दा दायर

ByDeayam

Mar 14, 2022

२०५१ सालको बैशाख ११ गते तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्री गरिदियो।

साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न ब्यक्तिलाई घरसारको कागज बनाई गैरकानुनी रुपमा जग्गा बेचेपछि समितिविरुद्ध उजुरी पर्‍यो।

समितिका तत्कालीन अध्यक्ष याम बहादुर बानिया, सदस्य सचिव (प्रधानाध्यापक) याम बहादुर ठकुरी सहित ७ जना विरुद्ध उजुरी परेको थियो।

समितिका सदस्यहरु घनश्याम बानिया, हरि कुमारी महत, धुन बहादुर पुलामी, ज्ञान बहादुर बानिया र खडक बहादुर बानिया सहितले १ लाख ६९ हजार रुपैयाँ लिएर सरकारी जग्गा भोगचलन गर्ने गराउने गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

विक्रि भएको जग्गाको १ लाख ६९ हजार विगो कायम गरेर उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरिएको हो। आरोपित मध्ये याम बहादुर, धुन बहादुर, ज्ञान बहादुर र खडक बहादुरको मृत्यु भैसकेको छ। मृत्यु भएपनि उनीहरुले भ्रष्टाचार गरेको देखिएकोले उनीहरुसँग मागदावी लिइएको छ।

सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आँफैले घडेरी नम्बर कायम गरेर भोगचलन गरेको आरोपमा खरिद गर्नेहरुलाई समेत अख्तियारले आरोपी बनाएको छ।

सन्त बहादुर सिजालीमगर, तिलुदेवी वराल, डोलराज आचार्य, डिल बहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरण बहादुर बिक, बलराम वानिया, बुद्दिमाया बिक, बाबुराम बानिया, लोक बहादुर माकिम, पूर्ण बहादुर बिक र धन बहादुर बिकले विद्यालय व्यवस्थापन समितिलाई पैसा दिएर जग्गा भोग चलन गरेका थिए।

उनीहरुलाई मतियारको रुपमा कारबाही माग गरिएको छ। भोगचलन गरिरहेकाहरुबाट जग्गाको भोग हटाई जफत गर्न माग गरिएको अख्तियार प्रबक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भोगचलन गरेका मध्ये लोक बहादुर, डोलराज र धन बहादुरको मृत्यु भैसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *