• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अमेरिका र फ्रान्समा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखियो

Bydeep

Mar 15, 2022

काठमाडौं- नेपालमा कोरोना संक्रमण घटिरहेका बेला अमेरिका र फ्रान्समा कोभिड १९ को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजका अनुसार कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको छ।

हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन संक्रमण देखिएको र अन्य धेरैमा यो सँग मिल्दोजुल्दो लक्षण देखिएको बताईएको छ । ‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले मार्च ९ गते गरेको ब्रिफिङमा यो नेदरल्याण्ड र डेनमार्कमा देखापरेको जानकारी दिएको थियो ।

त्यस्तै, रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’ र सङ्क्रमण परीक्षणमा ‘क्लिया’ छन् । नेपालको रक्तसञ्चार सेवालाई थप सुदृढ बनाउन कोसेढुङ्गा ठहरिएका ती दुई नवीनतम् प्रविधिलाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उक्त केन्द्रले मङ्गलबारदेखि सुरुआत गर्दैछ ।

विभिन्न साझेदारका सहयोगमा रक्तसञ्चार सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्नसमेत थालनी गरिएको छ । केन्द्रका निर्देशक दिव्यराज पौडेलले भन्नुभयो, “ ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवा’को अवधारणालाई कार्यान्वयन गर्न यस केन्द्रले नयाँ प्रविधिमार्फत सेवा सुरु गर्न लागेको हो । यसले नेपालको रक्तसञ्चार सेवाको स्तर वृद्धिमा युगान्तकारी परिवर्तन ल्याउनेछ ।”

दाताका रगतमा हुने प्लाज्मा, रातो कोष, सेतो कोपा र प्लेटलेटजस्ता तत्वलाई छुट््याएर चाहिएको रक्ततत्व रक्तथैलीबाट झिकेर बाँकी तत्व दाताकै शरीरमा फर्काउने प्रविधिलाई नै ‘एफरेसिस’ भनिन्छ । यसैगरी अत्याधुनिक परीक्षण प्रविधिमा ‘क्लिया’ विश्वकै उच्च खालको नवीनतम् प्रविधि हो । तीनसयदेखि ४५० मिलिलिटर पूर्ण रगत (ध्जयभि दयियम) दान भइरहेकामा एफेरेसिस प्रविधिले खासगरी प्लेटलेट र प्लाज्मा चाहिएमा ती तत्व मात्रै दान गर्न र प्राप्त गर्न सकिन्छ । यस प्रविधिबाट दान गर्दा दाताले अर्को पटक दान गर्न तीन महिना पनि कुर्नुु नपर्ने जनाइएको छ ।

उहाँले बताउनुभयो, “एफरेसिस प्रविधिबाट एक÷एक महिना वा अत्यावश्यक परेको बेला त्योभन्दा कम अन्तरमा पनि दान गर्न सकिने भएकाले दाता उपलब्ध गराउन सघाउ पु¥याउँछ । रगत आवश्यक परेको बिरामीलाई जुन तत्व चाहिएको हो, त्यो मात्रै दिँदा बढी प्रभावकारी हुन्छ । क्यान्सर पीडित र प्लेटलेट कम हुने रक्त समस्या भएकालाई यसले सहज बनाउनेछ । छ देखि आठ युनिट पूर्ण रगत चढाउनुपर्नेलाई एफरेसिस एक युनिट प्लेटलेट मात्रै चढाए पुग्छ ।”

रक्त जीवाणु परीक्षणमा ‘क्लिया’

रगत सङ्कलन शिविर अथवा रक्तसञ्चार केन्द्रमा सङ्कलन भएको रगत बिरामीलाई दिनुपूर्व अनिवार्य विभिन्न जीवाणु परीक्षण गरिनुपर्छ । केन्द्रीय रक्तसञ्चार सेवामा ¥यापिड वा इलाइजा प्रविधिबाट हुने गरेको ह्युमन इमिनु डिफिसेन्सी भाइरस, हेपाटाइटिस बी र सी भाइरसका साथै ट्रिपोनियमा प्लाडियम परीक्षण मङ्गलबारदेखि क्लिया प्रविधिबाट हुने जनाइएको छ ।
“यसबाट परीक्षणको गुणस्तर बढ्ने र बिरामीलाई अझै सुरक्षित रगत प्राप्त हुनेछ । बिरामीको सुरक्षा पहिलो प्राथमिकता हो,” निर्देशक पौडेलले भन्नुभयो ।

उक्त केन्द्र र स्वास्थ्य मन्त्रालयले रगतको शुल्क समायोजनका लागि गृहकार्य गरिरहेको छ । यसको निर्णय नआएसम्मका लागि सो प्रविधिबाट तयार हुने रगत वा रक्ततत्वको ‘क्रसम्याच’ बाहेक प्रतियुनिट एक हजार १०० परीक्षण शुल्क कायम गरिएको जनाइएको छ । यसैगरी रक्तसञ्चार सेवामा प्रविधिमैत्री व्यवस्थापन कार्यान्वयनमा ल्याइएको छ । उहाँले भन्नुभयो, “रगतको उपलब्धता तथा प्रतिवेदनमा विद्युतीय प्रणाली प्रयोगका लागि क्षमता अभिवृद्धि कार्यक्रम आजदेखि सुरु गरिएको छ ।”

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) तथा लाइफ बैंकको प्राविधिक सहयोगमा रक्तदान शिविरदेखि वितरणको प्रणालीसम्म विद्युतीय प्रणाली अवलम्बन गरिने निर्देशक पौडेलले जानकारी दिनुभयो । यसबाट अस्पताल, दाता र बिरामीले सहजै रगतको मौज्दातबारे जानकारी पाउने छन् । केन्द्रमा रगत लिन आउने बिरामीका आफन्तले सहजै ‘डिस्प्ले’मार्फत सूचना तथा अन्य जानकारी पाउनेछन् । अगामी वैशाखसम्ममा यसको तयारी पूरा हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *