• Thu. Dec 7th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आगलागीबाट जाेगिन अपनाउनुहोस यस्ता उपायहरू

ByDeayam

Mar 15, 2022

नेपाल प्रहरीले यो मौसममा आगलागीजन्य विपदका घटनाहरू हुने सम्भावना बढी रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले आज मङ्गलवार सूचना निकालेर सावधानी अपनाउन अनुरोध गरेको हो । प्रहरीले निकालेको सूचनामा आगो उत्पन्न हुने सलाई, लाइटर, ग्यास सिलिन्डर र चुल्होको प्रयोग होरियारपूर्वक गर्न र बालबालिकाको पहुँचबाट टाढै राख्न अनुरोध गरिएको छ ।

यस्तै विद्युतीय सामग्रीको काम सकिएपछि बन्द गर्न, मल्टिप्लकहरू बन्द गर्न र एउटा पावर सकेटबाट धेरै विद्युतीय शक्ति चाहिने उपकरणहरू प्रयोग नगर्न प्रहरीको अनुरोध छ । यस्तै पूजा कोठमा बालिने धुप, भान्सामा कोइला तथा लामखुट्टे धपाउने धुप लगायत बालेर नछाड्न र ग्यास चुल्हो बाल्नु अगाडि ग्यास लिक भए/नभएको यकिन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

ग्यास सिलिन्डरमा आगलागी भएमा जुटको बोरा वा ब्ल्यान्केटले घ्वाप्प छोपेर निभाउन सकिन्छ । कोठामा आगलागी भइहालेमा भाग्दा घोप्टो परेर भाग्न वा घिस्रिएर भाग्न प्रहरीले अनुरोध गरेको छ ।

यस्तै यो बेला जङ्गलमा डढेलो लाग्ने जोखिम धेरै हुने भएकोले कुनै कामले जङ्गलमा बालेको आगो राम्रोसँग निभाएर हिँड्न, चुरोटको ठुटा जथाभाबी नफ्याँक्न प्रहरीको अनुरोध छ ।

कतै आगलागीको घटना भइहालेमा १०० नम्बरमा फोन गरेर प्रहरी तथा १०१ नम्बरमा फोन गरेर दमकललाई जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *