• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, आवेदन दिने म्याद चैत ११ सम्म

ByAgrim Post

Mar 15, 2022

काठमाडौं । सरकारले आसन्न स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो ।चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ ।

१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *