• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘दक्षिण कोरिया पठाउँछु’ भनेर ठगेको आरोपमा कोरियन नागरिक पक्राउ

Bydeep

Mar 15, 2022

दक्षिण कोरियाबाट घुम्न आएका कोरियन नागरिकले काठमाडौंमा ठगी धन्दा चलाउने गरेको थाहा भएको छ । काठमाडौंको चाबहिलमा बसेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रे सी जङ्गलाई पक्राउ गरेको छ ।

चाबहिलस्थित लाहुरेचोकमा रहेको ‘ओके कन्सल्टेन्सी’मार्फत दक्षिण कोरिया पठाउँछु भनेर रे सीले ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको सिआईबीको प्रवक्ता (एसपी) श्याम कुमार महतोले रातोपाटीलाई बताए ।

कोरिया सपना देखाएर उनले ‘वेल्डिङ ट्रेनिङ्ग’ गराउने गरेका थिए । तर, पैसा लिएर तालिम गराएपनि उनले दक्षिण कोरिया नपठाएर ठगेको भन्दै पीडितले ब्युरोमा उजुरी गरेका छन् । काठमाडौंको महांकालबाट पक्राउ गरेर उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको सीआईबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *