• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘बिहे गर्नै परे अनमोल संगै गर्छु’ : नायिका सुहाना थापा (भिडियो सहित)

Bydeep

Mar 15, 2022

काठमाडौँ । नायिका सुहाना थापाले आँफु प्रेममा रहेको संकेत गरेकी छिन् । एपी वान टेलिभिजनको कार्यक्रम ‘ग्ल्यामर गफ’मा सहकर्मी तथा अभिनेता अनमोलसँगै अन्तरवार्ता दिने क्रममा आफ्ना एक मिल्ने साथी भएको भन्दै उनले प्रेममा रहेको संकेत गरेकी हुन् ।

अनमोल रियल लाइफको प्रेमी नभई रिल लाइफको प्रेमी भएको भन्दै सुहानाले आफ्नो प्रेमी भगवान् कृष्णजस्तो र भगवान् रामजस्तो पति आफ्नो रोजाई रहेको समेत उल्लेख गरेकी छिन् । भगवान् कृष्ण र राममध्ये कसलाई छान्नुहुन्छरु भन्ने कार्यक्रम प्रस्तोताको प्रश्नमा उनले ‘ब्वाइफ्रेन्ड कृष्णजस्तो हुनुपर्छ र हज्बेन्ड रामजस्तो हुनुपर्छ’ भनेकी थिइन्।

‘कृष्ण चुलबुल छन्, मुरली बजाउने, रमाइलो गर्ने त्यसो हुँदा आफूलाई पनि चुलबुल हुन मन लाग्छ,’ अन्तर्वार्तामा उनले भनेकी छन्, ‘भगवान् राम चाहिँ अनुशासित, बुद्धिजीवी राजा भए।’ सुहाना होम प्रोडक्सनको ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म क्षेत्र प्रवेश गरेकी हुन्। आमा झरना थापाको निर्देशनमा बनेको आफ्नो पहिलो फिल्ममै सफलता चाखेकी सुहाना दोस्रो फिल्मका लागि निकै उत्साहित थिइन्। हेर्नुहोस् सुहाना र अनमोलले एकसाथ दिएको यो विशेष अन्तरवार्ता भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *