• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यस कारण प्रियंका चोपडाले बेचिन आफ्नो महँगो कार

ByDeayam

Mar 15, 2022

भारतीय अभिनेत्री प्रियंका चोपडाले आफ्नो महँगो कार बेचेकी छन्। फिल्मी खबर प्रकाशन गर्ने सञ्चारमाध्यम पिंक भिलाका अनुसार उनले आफ्नो रोल्स रोयस घोस्ट कार हालसालै बेचेकी हुन्।यो कार उनले सन् २०१३ मा किनेकी थिइन्। त्यो बेला उनले यो कार साढे चार करोड भारूमा किनेकी थिइन्।

प्रियंकाले यो कार बैंगलोरका एक व्यापारीलाई बेचेकी खबर छ। यी व्यापारी महँगा कार संकलन गर्ने सौखिन भएको बताइएको छ। उनले यो कार कतिमा बेचिन् भन्नेबारे भने जानकारी छैन।प्रियंका अमेरिकामै बस्न थालेपछि यो कार उनको ग्यारेजमै थन्किएको थियो। अहिले भने उनले यो कार बेचेकी हुन्।

बलिउडमा नाम र दाम दुवै कमाएकी प्रियंका आफ्नो अभिनय करिअर सिलसिलामा अमेरिका पुगेकी हुन्। उनले सन् २०१८ मा अमेरिकी गायक तथा अभिनेता निक जोनाससँग बिहे गरेकी हुन्।

हालै उनीहरूले सरोगेसीमार्फत् एक छोरीलाई जन्म दिएका छन्।

प्रियंका पछिल्लो समय हलिउड फिल्म ‘द म्याट्रिक्स रिसरेक्सन्स’ मा सतीको भूमिकामा देखिएकी थिइन्। फिल्ममा उनको भूमिका छोटो भए पनि महत्वपूर्ण थियो। उनी आफ्ना श्रीमान तथा देवरहरूको समूह ‘जोनास ब्रदर्स’ का गीतका भिडिओहरूमा पनि खेलिरहेकी छन्।

प्रियंका अब अमेजनको सिरिज ‘सिटाडेल’, हलिउड फिल्म ‘टेक्स्ट फर यु’ का साथै बलिउड फिल्म ‘जी ले जरा’ मा देखिँदैछिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *