• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसको आक्रमणपछि युक्रेनका १४ लाख जना बालबालिका देश छाड्न बाध्य

ByAgrim Post

Mar 15, 2022

संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) ले रुसले युक्रेनमा गरेको आक्रमणका कारण १४ लाख जना बालबालिका शरणार्थी बनेको जनाएको छ ।

रुसले आक्रमण सुरु गरेको फेब्रुअरी २४ तारिखयता १४ लाख जना बालबालिकाले युक्रेन छाडेको युनिसेफलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । हिसाब गर्दा युक्रेनबाट हरेक एक सेकेन्डमा एक जना बालबालिकाले देश छाडिरहेको खबरमा उल्लेख छ ।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले पछिल्ला केही दिन युक्रेनबाट हरेक दिन ७० हजार जना बालबालिकाले देश छाडेको र बालबालिकाका लागि यो सङ्कट दोस्रो विश्व युद्धपछिकै भयावह भएको बताउनुभएको छ ।

विस्थापित भएका बालबालिका पारिवारिक विछोड, हिंसा, यौन शोषण र बेचबिखनको जोखिममा रहेको भन्दै युनिसेफले चिन्ता पनि व्यक्त गरेको छ । शरणार्थी बनेका बालबालिकालाई सुरक्षा, स्थायित्व र संरक्षणका सेवाको असाध्यै धेरै आवश्यकता रहेको प्रवक्ता एल्डरले बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले अहिलेसम्म युक्रेनबाट ३० लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *