• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सगरमाथामा ओलीको तस्विर फहराईने

ByDeayam

Mar 15, 2022

विश्वको सर्वोच्च शिखर सगरमाथामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर फहराईने भएको छ ।

सुर्योदय नगरपालिका वडा नं. १० निवासी योगान्तीका तामाङले आगामी जुन ४ तारिखमा विश्वको अग्लो शिखर सगरमाथा आरोहण गरी केपी ओलीको तस्विर फहराउने हुनु भएको छ । केपी ओलीले विश्वसामु नेपाल र नेपाली जनताको शिर सगरमाथा झैं उचो बनाएकाले आरोहणका क्रममा आफुले केपी ओलीको तस्विर फहराउने तयारी गरिरहेको बताउनुभयो ।

आरोहणको लागि आगामी अप्रीत ४ तारिक काठमाडौँबाट सगरमाथाका यात्रा तय गरिएको बताइएको छ । सर्वोच्च शिखर सगरमाथामा तामाङले राष्ट्रिय युवा संघको भण्डालाई समेत फहराउने तयारी गर्नुभएको छ ।

आम नेपाली युवाहरुको प्रतिनिधित्व र युवाहरुको भूमिका तथा मागलाई राज्यका सम्पूर्ण तहमा स्थापीत गराउन सफल भएकाले संघको झण्डा समेत केपी ओलीसँगै फहराउने उहाँले बताउनुभयो । युवाहरुको मार्गदर्शन, मुलुकको मेरुदण्ड तथा प्रेरणाको स्रोत समेत संघ भएकाले संघका संस्थापक अध्यक्ष ओलीको तस्विर सगरमाथामा फहराउने बताउनुभयो ।

काठमाडौँ–पर्सा सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले नेपालको झण्डा तथा आफ्नो तस्विर सहितको राष्ट्रिय युवा संघको झण्डा तामाङलाई हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष ओली, एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलगायतका नेताहरुले तामाङलाई सगरमाथा आरोहणको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *