• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उद्योगी महेश जाजुलाई महामूर्खको उपाधि

Bydeep

Mar 16, 2022

विराटनगरका उद्योगी महेश जाजु महामूर्ख घोषित भएका छन् । मारवाडी युवा मञ्च विराटनगरले मंगलवार राति आयोजना गरेको महामूर्ख सम्मेलनमा उद्योगी जाजुलाई महामूर्खको उपाधि दिइएको हो ।

उनलाई भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री ओमप्रकाश सरावगीले तरकारीको माला, कागजबाट निर्माण गरिएको कलात्मक टोपी पहिर्‍याएर महामूर्ख घोषणा गरे । टमाटर, लौका, प्याज, करेला लगायतका तरकारी जडित मालाले महामूर्ख जाजुलाई सम्मान गरिएको छ । सामाजिक काममा अग्रसर हुनेलाई उपाधि दिने गरिएको छ ।

‘वर्षभर को कति सामाजिक काममा खट्छ हामी मूल्यांकन गर्छाैं,’ मारवाडी युवा मञ्चका उपाध्यक्ष मोहित लालवानीले भने, ‘त्यसकै आधारमा महामूर्खको उपाधि दिन्छौं ।’ होलीमा विकृति घटाउन र मनोरञ्जन प्रदान गर्न होली महोत्सवको आयोजना गरी महामूर्ख घोषणा गर्ने गरिएको छ । यसअघि चम्पालाल राठी, मोहनलाल शर्मा, मोती दुगड, सुरेन्द्र गोल्छा, शंकरलाल अग्रवाल, नन्द किशोर राठी र दिनबन्धु गोयल लगायतले उपाधि पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *