• Sat. Dec 2nd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

तनावका बीच पनि रुसले अमेरिकी अन्तरिक्षयात्रीलाई पृथ्वीमा अवतरण गराउँदै

ByDeayam

Mar 16, 2022

रुसले युक्रेनमा आक्रमण थालेको आज २१ दिन पुगेको छ। सो क्रममा अमेरिकाले रुसमाथि कडा आर्थिक प्रतिबन्धहरुको घोषणा भएको छ।

यस्तोमा अमेरिकी अन्तरिक्षयात्री मार्क भान्डे हेई समय पुरा गरेता पनि अन्तरिक्षमै बस्नुपर्ने अवस्था आउने अनुमान गरिएको थियो।मार्क ३५५ दिनयता अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा छन्। उनी अनुसन्धान सकेर पृथ्वीमा अवतरण गर्नेबेला भइसकेको छ।

तर रुस–अमेरिका तनावकै कारण उनलाई रुसी अन्तरिक्षयात्रीले त्यहीँ छाड्ने अनुमानकाबीच उनी पृथ्वीमा रुसी अन्तरिक्षयात्रीसँगै फर्किने भएका छन्।

रुसी क्याप्सुलमा मार्क पनि काजकिस्तानमा अवतरण गर्ने बीबीसीले जनाएको छ। रुसका दुई र अमेरिकाका एक गरी अब चाँडै तीन अन्तरिक्षयात्री पृथ्वीमा अवतरण गर्नेछन्।

नासाका अनुसार मार्क आफ्ना रुसी सहपाठीसँग पृथ्वीमा अवतरण गर्नेछन्। पृथ्वीमा जस्तो लफडा परेता पनि अन्तरिक्ष कानुनअनुसार अन्तरिक्षमा सबैले सबैको सहयोग गर्नुपर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *