नेपाल टेलिकमले होली पर्वको अवसरमा अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको छ।
यो अफर अन्तर्गत रु ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु ९८ मा ६ जीबी डाटा ३ दिन र रु २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुने टेलिकमले जनकारी दिएको छ।उक्त योजना चैत ३ गते देखि १७ गते सम्म रहने प्रवक्त नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।
उक्त अफरहरु *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी खरिद गर्न सकिन्छ।