नयाँ दिल्ली–आम आद्मी नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको सपथ लिँदैछन्।
स्वतन्त्रताका योद्धा भगत सिंहको गाउँमा मानले सपथ लिँदैछन्।उनको सपथ समारोहलाई लिएर भगत सिंहको खटकर कलन गाउँ नै पहेलपुर बनेको छ।
पहेलो रंग हास्यव्यङग्य क्षेत्र हुँदै राजनीतिमा उदायका भगवान्त मानको ट्रेडमार्क हो। उनको सपथमा भाग लिन आउने सहभागीलाई पहेलो पगरी र पहेलो सल लगाउन आह्वान गरिएको छ। खटकर कलन गाउँको कार्यक्रम स्थललाई पहेलो रंगमा सजाइएको छ।