पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको जलेर मृत्यु भएको छ । स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको आगोले जलेर मृत्यु भएको हो । टिनले छाएको ३ तले घरको दोस्रो तलाको बैठक कोठामा एक्कासी आगलागीमा परी उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी हुँदा कोठामा सुतिरहेका उनको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिनुभयो ।
उनको श्रीमती, छोरा र छोरीहरु अर्को गोठसहितको (नाले) घरमा सुतेको र २ छोराहरु बुटवल बस्दै आएकाले उनीहरु सबै सुरक्षित रहेको जनाइएको छ । घटना थाहा पाएलगत्तै उनका छिमेकीले राति नै आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट कोठामा रहेका लत्ता, कपडा र कागजपत्र जलेर नष्ट भएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।