• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मेलम्ची सिन्धुखोलामा घरको छतबाट लडेका एक व्यक्तिको मृत्यु

ByDeayam

Mar 16, 2022

आफ्नै घरको छतबाट लडी सिन्धुखोलामा एक व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ सिन्धुखोला स्थित ६९ वर्षका झम्कनाथ तिवारी बुधबार बिहान साढे ५ बजेको समयमा आफ्नै २ तले पक्की घरको छतबाट लडेका थिए ।

घाइते अवस्थामा उपचारको लागी धुलिखेत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बस्नेतको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *