• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनलाई दाउमा राखेर आफुसंग ‘सिंगल–सिंगल’ भिड्न पुटिनलाई एलन मस्कको चुनौती

Bydeep

Mar 16, 2022

वासिङटन । टेस्ला कम्पनीका मालिक एलन मस्कले युक्रेन–रुस युद्धसम्बन्धी गरेको ट्विट चर्चामा छ । आफ्ना सात करोड ७७ लाख फलोअरहरूसँग उनले रुसी राष्ट्रपति भ्यालिदिमिर पुटिनलाई ‘सिंगल–सिंगल’ लडाइँ गर्न चुनौती दिएका छन् । उनले सो ट्विट रुसी भाषामा लेखेका छन् र युक्रेनलाई दाउमा राख्ने समेत उल्लेख गरेका हुन् । यसपछिको अर्को ट्विटमा उनले पुटिनलाई ‘तपाईँ सहमत हुनुहुन्छ ?’ भनेर प्रश्न पनि गरेका छन् ।

उक्त ट्विटपछि रुसको आधिकारिक स्पेस एजेन्सी रोसकोसमोसका प्रमुखले कडा जवाफ दिँदै मस्कलाई रुसका एक अल्छी ओर्थोडक्स पुजारीसँग तुलना गरेका छन् । यसअघि, सन् २०१८ मा पनि डिमिट्री रोगोजिनले मस्कलाई ‘तिमी अझै सानै छौ, बरु सक्छौ भने मसँग लड न डरपोक ! तर त्यो पनि समयको बर्बादी मात्र हुनेछ’ भनेर अपमानजनक ट्विट गरेका थिए ।

युक्रेनका उपप्रधानमन्त्री माइकेलो फेडोरोभले पनि उनलाई जवाफ दिँदै ‘पक्कै पनि एलन मस्कले पुटिनलाई ‘जुपिटर’ ग्रहसम्म पुर्‍याउन सक्छन्’ भनेर लेखेका छन् । युद्धको सुरुवातदेखि नै मस्कले युक्रेनको समर्थनमा बोल्दै आएका छन् भने स्पेस एक्सको स्टारलिंक टर्मिनल पठाउँदै अवरुद्ध इन्टरनेट सेवा पनि पुनः सञ्चालन गराएका थिए । उनको सो कदमको सर्वाधिक प्रशंसा भएको थियो । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उनलाई धन्यवाद भनेका थिए ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *