• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

राति १२ बजेपछि लागू हुने गरी फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

ByAgrim Post

Mar 16, 2022

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।

पेट्रोलको भाउ प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । बढेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *