सुनको भाउ बुधबार तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ सयमा काराेबार भएकाेमा बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार तीन सय रुपैयाँमा कारोबार भएकाे थियाे । तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० तोकिएको छ। चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। बुधबार चाँदीकाे मूल्य १ हजार ३७० कायम भएकाे छ।