• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

स्थानीय निर्वाचनका लागि एक लाख म्यादी प्रहरीको भर्ना खुल्यो,कहिँले सम्म दिन सकिन्छ आवेदन ?

Bydeep

Mar 16, 2022

काठमाडौँ। सरकारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ। निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गर्ने सरकारको तयारी छ। प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ भर्ना खोलिएको सूचना जारी गरेको छ। १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म निवेदन दिन सक्ने छन्।

भर्ना हुनका लागि अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनु पर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने छ।

म्यादी प्रहरीले प्रहरी जवान सरह सुविधा पाउने छन्। छनौट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ। ​म्यादी प्रहरीले प्रतिदिन ७५६ रुपैयाँका दरले तलव पाउँछन्। ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोशाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *