• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एउटा कान काटेर फालिदिने

Bydeep

Mar 16, 2022

गोरखा । नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेले राप्रपासँग चु’नावी गठबन्धन गर्न गृहकार्य गरिरहेको बताएका छन् । मंगलबार गोरखामा पत्रकारहरुसँग कुराकानी गर्दै नेता खतिवडाले भने, ‘कम्युनिष्ट भएर पनि कांग्रेससँग गठबन्धन गर्‍यो भनेर माधव नेपाल र प्रचण्डलाई विभिन्न टिप्पणी आइरहेको छ ।ुकेपी ओली नागार्जुन (पूर्वराजा) र राप्रपासँग गठबन्धनका लागि धा’इरहेका छन् ।

आगामी चुनावमा ओलीले पनि राजावादीसँग गठवन्धन गर्दैछन्, गरेनन् भने म दुइटै त भन्दिनँ मेरो एउटा कान चाहिँ का’टेर फाल्दिन्छु ’ उनले भने ।बा’म दलहरुविच गठवन्धन हुन सक्ने भन्दै उनले एमालेसँग भने एकिकृत समाजवादी मात्र नभै अहिलेको ५ दलीय गठवन्धनका कुनै पनि दलले सहकार्य नगर्ने दावी गरे ।

‘सक्दाखेरि गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न । उप महानगर र महानगरमा भने गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’, उनले भने ।कांग्रेससँग चु’नावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुबीच वाम ग’ठबन्धन हुन सक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *