नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले नेटो गठबन्धन युक्रेनको साथमा भएको जनाएका छन्।
रुसले युक्रेनमा आक्रमण गरेको २१ दिन पुग्दा पहिलोपटक नेटो गठबन्धनको बैठक बसेको थियो। जहाँ स्टोल्टेनबर्गले नेटोका सबै सदस्य राष्ट्रले युक्रेनलाई साथ दिने बताएका हुन्।
युक्रेनलाई नेटो सदस्यहरुले अत्यधिक मात्रामा हतियार प्रदान गरेको र सैन्य तथा मानवीय सहायता जारी रहने पनि उनले बुधबार वाचा गरे।उनी थप भन्छन्,‘विश्वले रुसको आक्रमणको निन्दा गरिरहेको छ। नेटो सदस्य र सहयोगी राष्ट्रले रुसमाथि कडा प्रतिबन्ध लगाएको छ। हामी युक्रेनको साथमा छौं।’
नेटोले युक्रेनका दशौं हजार सेनालाई वर्षौसम्म प्रशिक्षण दिएको पनि उनको भनाइ छ।
वास्तवमा सोभियतकालिन राज्य युक्रेन नेटोमा आवद्ध हुन लागेको भन्दै रुसले युक्रेनमा आक्रमण थालेको थियो। तर जब आक्रमण सुरु भयो नेटोमा आवद्ध राष्ट्रहरुले युक्रेनमा सेना पठाउन चाहेनन्।
युक्रेन नेटो सदस्य नभएको र युक्रेनमा सेना पठाउँदा तेस्रो विश्व युद्ध सुरु हुने अमेरिकाको भनाइ छ। बीबीसी