• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

१० दिनदेखि हराएका वृद्धको शव फेला

ByDeayam

Mar 16, 2022

गएको १० दिनदेखि हराएका एक वृद्धको शव आज फेला परेको छ । गोरखा नगरपालिका–१ अजमरेका ७० वर्षीय नारायणदत्त न्यौपानेको शव सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए।

गत फागुन २३ गते बिहानदेखि घरपरिवारबाट सम्र्पकविहीन हुनुभएका न्यौपानेको बिहान करिब ८ बजे शव भेटिएको प्रहरीको भनाइ छ । न्यौपानेको शव सडेगलेको अवस्थामा फेला परेको र घटनास्थलको मुचुल्का तयार पारी गोरखा अस्पतालमा शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइको उनले बताए।

मृतक न्यौपाने मानसिक रोगी भएको र नियमितरूपमा मानसिक रोगको औषधिसमेत सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको उहाँको भनाइ छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *