• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आलिया भट्टलाई छोरी भनेर बोलाउने करण जोहरले गरे उनीसँग यस्तो फोहोरी काम

Bydeep

Mar 17, 2022

बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टको फ्यान फलोइङ निकै उच्च छ । उनको अभिनयलाई फ्यानहरुले मन पराउने गरेका छन् । नायिकाले अहिले धेरै भन्दा धेरै चलचित्रमा आफ्नो दमदार अभिनय देखाई रहेकी छिन् । अभिनेत्री आलिया कहिले फिल्मका कारण चर्चामा आउने गरेकी छिन् भने कहिले आफ्नो प्रेमका कारण । तर यसपटक उनको चर्चामा आउनुको कारण तस्विर बनेको छ ।

करण जोहरको यो तस्विरलाई लिएर फ्यानहरुले ट्रोल गरिरहेका छन् । करण जोहर भारतको सबैभन्दा ठूलो प्रोडक्शन हाउस धर्मा प्रोडक्सनका मालिक हुन् । उनको प्रोडक्सन हाउसले धेरै सुपरहिट फिल्म दिएका छन् । जसलाई फ्यानहरुले निकै मन पराएका छन् । पछिल्लो समय उनको एउटा तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

यससँगै करण जोहरले आलियाका लागि केही भनेका छन्, जसका कारण उनी ट्रोल भएका छन् । भाइरल तस्विरको कुरा गर्ने हो भने तस्बिरमा करण-आलिया निकै नजिक देखिएका छन् । तस्बिर हेर्दा दुबैले एकअर्कालाई किस गर्दैछन् जस्तो लाग्छ । यो तस्बिर हेरेर फ्यानले दुबै गर्लफ्रेन्ड-ब्वाईफ्रेन्ड जस्तो देखिदै गरेको टिप्पणी गरेका छन् । यससँगै करण जोहरले आफ्नो स्टोरीमा आलियाको तस्बिर सेयर गर्दै उनी आफ्नो मुटुको नजिक भएको लेखेका छन् ।

उनले उनको लागि ‘डार्लिंग’ र ‘आई लभ यू’ जस्ता शब्दहरू पनि प्रयोग गरेका छन् । त्यसपछि फ्यानहरुले उनलाई ट्रोल गर्न थालेका हुन् । तर, करणले भने आलियाको नयाँ फिल्म ‘ब्रह्मास्त्र’ चाँडै रिलिज हुने भएकाले यस्तो भनेका हुन् । पोस्टर सेयर गर्दै उनले यस्तो लेखेका हुन् ।

आलिया भट्टको वर्कफ्रन्टमा जाँदा, अभिनेत्री चाँडै नै फिल्म ,ब्रह्मास्त्र, रकी र रानीको प्रेम कथा, र आरआरआर मा देखिनेछिन् । अभिनेत्रीको फिल्म ‘रकी र रानीको प्रेमकथा’ सन् २०२३ मा रिलिज हुँदैछ । योसँगै उनका अन्य दुवै चलचित्र यसै वर्ष ठूलो पर्दामा रिलिज हुँदैछन् । उनका फ्यानहरु यी फिल्महरुको प्रतिक्षामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *