• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एमालेसँगको तालमेल कांग्रेसमा भर पर्छ : प्रचण्ड

Bydeep

Mar 17, 2022

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेकपा (एमाले)सँग चुनावी तालमेलको सम्भावना नभएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिमा असम्भव भन्ने कुनै कुरा नहुने पनि बताए ।

एमालेसँगको तालमेल कांग्रेसको गतिविधिमा भर पर्ने उनले उल्लेख गरे । “एमालेसँग सहमति र सहकार्य हुने त देखेका छैनौँ हामीले । एक हदसम्म नेपाली कांग्रेससँग पनि भर पर्ने कुरा हो। राजनीतिमा असम्भव भन्ने कुरा त हुँदैन,” प्रचण्डले भने ।

उनले कांग्रेसका नेताहरूले अतिवादी ढंगले बोलेको आरोप पनि लगाए । “नेपाली कांग्रेसका केही नेताहरू भन्ने गर्छन् नि माओवादीसँग चुनावमा तालमेल गरिँदैन, हुनै सक्दैन भन्ने असाध्यै अतिवादी ढंगले बोल्ने केही नेता देखिनुभएको छ,” उनले भने, “हुन त प्रधानमन्त्रीजीले उहाँहरूलाई बोल्न बन्द गर भनिसक्नुभएको छ । कांग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन ।” प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको पक्षमा रहेकाले गठबन्धनभित्रै तालमेल हुने उनको भनाइ छ । आफ्नै संगठनको बलमा चुनाव जित्ने र गठबन्धन बचाउनेतिर आफ्नो ध्यान रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *