• Wed. Sep 20th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘कम्पेनियन्स’को रिमेक बनाउँदै आमिर खान!

Bydeep

Mar 17, 2022

अभिनेता आमिर खानका फिल्महरू नेपालीसहित लाखौं दर्शकका लागि प्रतिक्षाको विषय बनेको हुन्छ। आमिर आफ्नो फिल्ममा विशेष सन्देश दिन्छन्, जुन सन्देश परिवारका साथ बसेर हेर्न मिल्ने खालको हुन्छ। हालै आफ्नो ५७ औं जन्मदिन मनाएका उनले पत्रकारमाझ आफू नयाँ फिल्मको तयारीमा रहेको जानकारी दिएका थिए। केही समयअघिमात्र आमिर ‘शुभ मंगल सावधान’ निर्देशक आरएस प्रसन्नाका साथ फिल्म ‘स्लाइस अफ लाइफ’ फिल्मको तयारी गरिरहेको खबर बाहिरिएको थियो।

यो स्पेनिस फिल्म ‘कम्पेनियन्स’ को रिमेक हुनेछ। फिल्मलाई सोनी इण्डियाले निर्माण गर्ने तयारी भइरहेको चर्चा पनि चलेको थियो। जन्मदिनमा आमिरलाई ‘कम्पेनियन्स’को रिमेककाबारेमा प्रश्न गरेका थिए । उनले आफू फिल्मको योजनामा रहेको र योजना पूरा भएपछि आफैंले घोषणा गर्ने बताएका थिए।

‘मैले अहिलेसम्म फिल्मको घोषणा गरेको छैन। तपाईंहरुलाई यसको बारेमा कसरी थाहा भयो? अहिले यो फिल्म योजना चरणमा छ। जब यसको योजना पूरा हुन्छ, त्यही बेला म आफैं घोषणा गर्नेछु’, उनले भने, ‘यो फिल्म बारे अहिले नै कुरा गर्नु हतार हुनेछ।’ फिल्म ‘कम्पेनियन्स’ को कथा एक पियक्कड कोचको वरपर घुमेको हुन्छ। जो दिमागी रुपमा असक्षम खेलाडीलाई प्रशिक्षण दिन्छ। यो टिमले विश्वभर नै कयौं ट्रफी जितेर आफ्नो नाम कमाउँछ। फिल्ममा आमिर कोचको भूमिकामा हुनेछन्।

यसैबीच आमिर हाल लाल सिंह चड्डाको अन्तिम तयारीमा छन्। ‘लाल सिंह चड्डा’ करिब दुई सय दिनसम्म सुटिङ गरिएको थियो । आमिरको फिल्म ‘लगान’ पछि सर्वाधिक बढी समय लगाएर छायांकन गरिएको यो दोस्रो फिल्म हो । यो फिल्म भारतका विभिन्न सय बढी स्थानमा छायांकन गरिएको छ । आमिर, करीना कपूर खान र अन्य बलिउड स्टारको अभिनय रहेको फिल्म आमिर खान प्रोडक्शन्स, वायकम १८ स्टूडियोज र पेरामाउण्ट पिक्चरले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *