नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी निर्वाचनमा कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनतामाझ उजागर गर्नुपर्ने बताएका हुन् ।
महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केही व्यक्तिहरु लागेको भन्दै अब कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले एमसीसी मुलुकको हितमा नै रहेको तर केहि दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाए । मुलुकको बिकासका लागि एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उनको भनाइ छ ।
उनले जनतामाझ सही सूचना र एजेण्डा स्थापित गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गरे ।